नेपालका चार प्रशिक्षकले एएफसी ए कोचिङ लाइसेन्स प्राप्त गरेका छन्। एशियाली फुटबल फेडेरेसन महासंघ (एएफसी) ले गराएको प्रशिक्षणमा नेपालका चार प्रशिक्षकले पास गरेका र दुई जनाले एएफसी ए लाइसेन्स प्रो पास गरेका अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
विभागीय टोली नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापा, पुलिस क्लबमै आबद्ध चेतन घिमिरे, ए डिभिजनमा रहेको संकटा क्लबका प्रशिक्षक सल्यान खड्गी र बी डिभिजनमा रहेको बाँसबारी क्लबका प्रशिक्षक युगलकिशोर राईले एएफसी ए लाइसेन्स प्राप्त गरेका हुन्।
ए कोचिङ लाइसेन्स शीर्ष डिभिजनको क्लब र राष्ट्रिय टोलीको प्रशिक्षण गर्नका लागि अनिवार्यरूपमा चाहिने गर्दछ। गत डिसेम्बर १ देखि ८ मार्चसम्म काठमाडौंमा भएको सैद्धान्तिक र प्रयोगात्मक परीक्षामा नेपालभरिका २३ प्रशिक्षकले भाग लिएका थिए। जसमा १७ जना भने फेल भएका हुन्।
त्यसैगरी त्रिभुवन आर्मी क्लबका प्रशिक्षक चुनबहादुर थापा र जापानमा रहँदै अएका वसन्त गौचन थकालीले एएफसी ‘ए’ लाइसेन्सको प्रयोगात्मक परीक्षा मात्र पास गरे। अब उनीहरुले पुनः सैद्धान्तिक परीक्षा दिनुपर्नेछ। उनीहरुलाई भारतका एएफसी इन्स्ट्रक्टर सभियो पेइडाडे मेडेइराले सहजीकरण गरेका थिए।
Shares

प्रतिक्रिया