खेल


२५ वर्षपछि पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

२५ वर्षपछि पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

नेपालखबर
साउन २९, २०७७ बिहिबार १:३४,

अन्तिम समयमा गोल फर्काउँदै फ्रेन्च क्लव पेरिस सेन्ट जर्मन (पिएसजी) २५ वर्षपछि च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति लिस्बनमा भएको पहिलो क्वार्टरफाइनलमा इटालियन क्लव एटलान्टालाइ २–१ ले पराजित गर्दै पिएसजी अन्तिम ४ मा पुगेको हो।

यो जीतसँगै ५० औं वार्षिकोत्सब मनाइरहेको पिएसजी युरोपियन फुटबलको सबैभन्दा माथिल्लो स्थानमा पुगेको छ।

खेलमा सुरुवाती अग्रता एटलान्टाले बनाए पनि हार नजिक पुगेको पिएसजी अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको थियो।

एटलान्टाका मारियो पासालीचले २६ औं मिनेटमा गोल गर्दै अग्रता बनाएका थिए। पहिलो पटक क्वार्टरफाइनलमा पुगेको एटलान्टा सुरुवाती अग्रता जोगाउन नसक्दा क्वार्टरफाइनलमै रोकिन बाध्य भएको छ।

पहिलो हाफमा १–० ले पछि परेको स्थिति उल्टाउँदै पिएसजी आक्रामक रुपमा खेलमा फर्कियो। ९० औं मिनेटमा पिएसजीका लागि मार्किन्हसले बराबरी गोल फर्काए।

इन्ज्युरी समयको दोस्रो मिनेटमा पिएसजीले अर्को गोल गर्दै खेल आफ्नो पक्षमा पार्यो। नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गर्दै पिएसजीलाई सेमिफाइनलमा पुर्याए।

पिएसजीले फाइनल प्रवेशका लागि आज बिहीबार राति हुने एथलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीचको विजेतासँग खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad