जमैका तलाबाजका नेपाली स्टार सन्दीप लामिछानेले क्यारेबिन प्रिमियर लिग (सीपीएल)मा उत्कृष्ट प्रदर्शन जारी राखेका छन।
बुधबार राति जमैका बर्बाडोस ट्राइडेन्सविरुद्ध सन्दीपले ४ ओभरमा १६ रनमात्रै खर्चेर २ विकेट लिए। यद्दपी उनको टोली ३६ रनले पराजित भयो।
बर्बाडोसले ७ विकेट गुमाएर बनाएको १ सय ४८ रन पछ्याएको जमैकाले ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो।
सन्दीपले जमैका लागि ४ रन समेत जोडे। यो हारसँगै जमैकाले ५ खेलबाट २ खेलमा जित निकाल्दै ४ अंक जोडेको छ।
जमैका तालिकाको पाँचौ स्थानमा छ।
3
Shares

प्रतिक्रिया