रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।
लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनकाे अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो।
भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक सय ७६ पुगेको छ।

प्रतिक्रिया