खेल


नेपाल सुपर लिगः अन्जन ललितपुर सिटीको मार्की खेलाडी

नेपाल सुपर लिगः अन्जन ललितपुर सिटीको मार्की खेलाडी

नेपालखबर
चैत ३, २०७७ मंगलबार ७:४७,

राष्ट्रिय फुटबल टोली तथा मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर अन्जन विष्ट ललितपुर सिटी फुटबल क्लबको मार्की खेलाडी घोषित भएका छन्।

नेपाल सुपर लिगमा भाटभटेनी सुपर मार्केटको स्वामित्वमा रहेको ललितपुरले अन्जनलाई मार्की खेलाडी घोषणा गरेको हो। अन्जन ५ लाख ५० हजार रुपैयाँमा ललितपुर सिटीमा अनुबन्ध भएका हुन्।

नेपाल सुपर लिगका लागि मार्की खेलाडी घोषणा गर्ने ललितपुर दोस्रो फ्रेन्चाईज टोली हो। त्यसअघि सोमबार दिउँसो धनगढी एफसीले राष्ट्रिय टोलीका सदस्य विशाल राईलाई मार्की खेलाडी घोषणा गरेको थियो।

अन्जन ५ वर्षयता पाँच वर्षयता नेपाली टोलीका नियमित सदस्य हुन्। नेपालले साफ यू–१९ को उपाधि उचाल्दा होस् वा १२ औं साग, बंगबन्धु गोल्डकप, एएफसी सोलिडारिटी कप जित्दाका महत्वपुर्ण सदस्य हुन्।

विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेलाई हराउँदा दुवै गोल उनले गरेका थिए।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा वैशाख ११ देखि २५ गते सम्म दशरथ रंगशालामा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad