खेल


नेपाल सुपर लिग : दशरथ रंगशालामा आज हुँदैछन् दुई खेल

नेपाल सुपर लिग : दशरथ रंगशालामा आज हुँदैछन् दुई खेल

नेपालखबर
बैशाख १२, २०७८ आइतबार ७:५९,

पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) मा आज आइतबार दुई खेल हुँदैछन्।

काठमाडौको दशरथ रगंशालामा हुने पहिलो खेलमा धनगढी एफसी (फुटबल क्लब) र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुँदैछ।

धनगढीको कप्तानी किरण चेम्जोङ र विराटनगरको कप्तानी रेजिन धिमालले सम्हाल्नेछन्।

NepalSuperLeague Pressmeet

आजको खेलमार्फत किरण पाँच वर्षपछि घरेलु लिगका फर्कदैछन्।

आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी खेल्नेछन्। खेल सोही मैदानमा अपरान्ह साढे ५ बजे सुरु हुनेछ।

पोखराको कप्तानी अनिल गुरुङ र बुटबल लुम्बिनीको नेतृत्व बिशाल श्रेष्ठले गर्नेछन्।

NepalSuperLeague Pressmeet 2

नेपाल स्पोर्टस म्यानेजमेन्टको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा जारी लिगमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी छन्।

NepalSuperLeague Pressmeet 3

राउण्ड रोबिनको आधारमा हुने यो लिग १ जेठसम्म चल्नेछ।

प्रतियोगिताको विजेताले ३५ लाख तथा उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन्। व्यक्तिगत विधातर्फका उत्कृष्टले जनही १ लाख तथा उत्कृष्ट युवा खेलाडीले पनि १ लाख रुपैया प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .