भारतीय क्रिकेट टोलीका स्टार अलराउन्डर हार्दिक पाण्ड्याको गत वर्ष सम्बन्ध विच्छेद भयो। नताशा स्टान्कोभिकसँगको उनको सम्बन्ध टुट्यो। यसबाट पाण्ड्या धेरै निराश थिए र भारतको टी-२० विश्वकप जितपछि उनले यो कुरा स्वीकार पनि गरे।
यसपछि पाण्ड्या नयाँ सम्बन्धतर्फ अघि बढिरहेका थिए र आफ्नो पीडा बिर्सिरहेका थिए, तर फेरि उनको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो। दुईजना केही पटक सँगै पनि देखिएका थिए। पाण्ड्याको मनको चोट निको भएको र उनी फेरि माया गर्न थालेको रिपोर्ट आएको थियो।
तर नयाँ सम्बन्ध पनि ब्रेकअप भएको खबर आएको छ।
पाण्ड्या र जस्मिन वालिया सामाजिक सञ्जालमा एकअर्कालाई फलो गर्थे। धेरै मिडिया रिपोर्टमा दुवैले सामाजिक सञ्जालबाट एकअर्कालाई अनफलो गरेको दाबी गरिएको छ।
यही कारण उनीहरूको ब्रेकअप भएको आशंका गरिएको हो। तर यस विषयमा अहिलेसम्म दुवै जनाले केही बताएका छैनन्।
News :-
Rumours of a breakup between Hardik Pandya and British-Indian singer Jasmin Walia have emerged as the two have unfollowed each other on Instagram. pic.twitter.com/gkEsV8Uky3— Jay Cricket. (@Jay_Cricket12) July 19, 2025
Shares

प्रतिक्रिया