ad ad

खेल


इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

इटहरी गोल्डकपः त्रिभुवन आर्मी सेमिफाइनलमा

नेपालखबर
चैत १३, २०८० मंगलबार १०:१८, काठमाडौँ

सुनसरीको इटहरीमा जारी इटहरी गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा बिर्तामोड युनाइटेड झापालाई ३–२ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

राष्टिय जागृति क्लबको आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत गए राति इटहरी रङ्गशालामा भएको खेलमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटका आधारमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको हो। 

पेनाल्टी सुटआउटमा त्रिभुवन आर्मीका जितेन्द्र कार्की, नवयुग श्रेष्ठ र फत्तेमान घलेले गोल गरे भने कमल थापाको प्रहार बिर्तामोडका गोलकिपर विवेक मगरले रोकेका थिए।

बिर्तामोडका विशाल दर्जी र मौसम सुब्बाको प्रहार गोलमा परिणत भयो भने विवेक पौडेल, आशिष चापागाईँ र देवेन्द्र तामाङको प्रहार विफल भएको थियो। 

निर्धारित समयको ८१औँ मिनेटमा बिर्तामोडका आशिष चापागाईँले पेनाल्टीमार्फत गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टीमार्फत गोल गरेपछि खेल बराबरीमा पुगेको थियो।

सोमबारको खेलको म्यान अफ द म्याच आर्मीका गोलकिपर बिकेश कुथु घोषित भएर रु १० हजार नगद हात पारेका थिए। 

आजको अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र न्युरोड टिम ९एनआरटी०बीच हुनेछ । आगामी शनिबार हुने फाइनलमा विजेताले नगद रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .