खेल


यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १३:४१, काठमाडौँ

यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले हङकङमाथि सहज जित हात पारेको छ। बुधबार तल्लो मुलपानी मैदानमा घरेलु टोलीले हङकङलाई ९ विकेटले पराजित गरेको हो।

११६ रनको समान्य लक्ष्य पाएको नेपालले १२।३ ओभरमा मात्रै एक विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालको जितमा ओपनर निरजकुमार यादवले २३ रन बनाउँदा शाहिल पटेल र नरेन भट्टले अविजित पारी खेले।

शाहिलले ४१ बलमा नटआउट ४२ रन बनाउँदा नरेनले मात्रै २३ बलमा ३९ रन बनाए। शाहिल र नरेनले समान ८/८ चौका प्रहार गरे। हङकङका शायन पुरीले एल्बीडब्ल्यु आउट गर्नु पहिले निरजले पनि ४ चौकाको मद्दतमा २३ रन बनाएका थिए।  

त्यसअघि हङकङ ४६.२ ओभरमा ११५ रन बनाउँदा अलआउट भएको थियो। हङकङका लागि शिभ माथुरले सर्वाधिक ६३ रन बनाए पनि अन्य ब्याटर टिक्न सकेनन्। अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

हङकङलाई सस्तैमा समेट्ने क्रममा नेपालका युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए। युवराजले १० ओभरमाा मात्रै १८ रन दिँदा बिपिनले ६.२ ओभरमा २४ रन दिए। सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए। 

अपराजित रहेको नेपालले यसअघि युएई र ओमानलाई पनि पराजित गरेको थियो। अन्तिम खेलमा आगामी शनिबार अफगानिस्तानसँग खेल्नेछ। 

अफगानिस्तान तुलनात्मक रुपमा बलियो टोली हो। 

यू–१९ विश्वकप एसिया छनोटमा हङकङ ११५ रनमा अलआउट, नेपाललाई सामान्य लक्ष्य

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad