खेल


शतक बनाएपछि कुशल मल्लको ‘सेलिब्रेसन’ (तस्बिरहरु)

शतक बनाएपछि कुशल मल्लको ‘सेलिब्रेसन’ (तस्बिरहरु)

नेपालका लागि शतक बनाएपछि कुशल मल्ल। तस्बिर : सरोज नेपाल/नेपालखबर


सरोज नेपाल
बैशाख ८, २०८० शुक्रबार १२:३०, काठमाडौँ

नेपाली ब्याट्सम्यान कुशल मल्लले एसीसी मेन्स प्रिमियर कपअन्तर्गत भइरहेको खेलमा ओमानविरुद्ध शतक प्रहार गरेका छन्। 

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कुशलले ५९ बल खेल्दै १०१ रन बनाएका हुन्। उनले शतक बनाएपछि मैदानमा ब्याट उठाउँदै खुसी साटे

३९ औँ ओभरको पाँचौँ बलमा स्पिनर अकिब इलियासलाई छक्का प्रहार गर्दै कुशलले शतक पूरा गरेका हुन्।

यो उनको अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक पनि हो। यससँगै कुशल ओडीआईमा नेपालबाट सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि हुन्। 

यसअघि कुशलले सन् २०२२ मा पपुवा न्युगिनीविरुद्ध कप्तान रोहित पौडेलले बनाएको ९१ रनको कीर्तिमान पनि भंग गरेका छन्। 

‌ओडीआईमा उनी नेपालबाट शतक हान्ने छैटौं खेलाडी बनेका छन्। यसअघि पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र आसिफ शेखले शतक हानेका थिए। 

उनी ६४ बलमा १०८ रन बनाउँदै आउट भएका छन्। उनले आफ्नो पारीमा ९ चौका र १० छक्का हाने। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .