खेल


भारतका ३७ राज्यसभा सिटका लागि चुनावको मिति घोषणा

भारतका ३७ राज्यसभा सिटका लागि चुनावको मिति घोषणा

नेपालखबर
फागुन ६, २०८२ बुधबार १४:५१, काठमाडौँ

भारतको निर्वाचन आयोगले ३७ राज्यसभा सिटका लागि चुनावको मिति घोषणा गरेको छ।

आयोगका अनुसार मतदान आगामी मार्च १६ बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।

मत गणना पनि सोही दिन साँझ ५ बजे सुरु हुने बताइएको छ। 

महाराष्ट्र, ओडिसा, तमिलनाडु, पश्चिम बंगाल, आसाम, बिहार, छत्तीसगढ, हरियाणा, हिमाचल प्रदेश र तेलंगाना राज्यमा गरी ३७ सांसदको कार्यकाल आगामी अप्रिलमा समाप्त हुँदै छ। 

सबैभन्दा धेरै महाराष्ट्र राज्यमा ७ सिट रिक्त हुँदै छन्।

यसपछि बढी तमिलनाडुमा ६ र पश्चिम बंगाल र बिहारमा ५/५ सिट खाली हुनेवाला छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad