ad ad

खेल


अर्जेन्टिनाको टोली २०१४ को विश्वकपको जस्तै छ : मेस्सी

अर्जेन्टिनाको टोली २०१४ को विश्वकपको जस्तै छ : मेस्सी

नेपालखबर
कात्तिक २६, २०७९ शनिबार ११:४०, काठमाडौँ

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले कतार विश्वकपका लागि घोषणा गरिएको टोली र सन् २०१४ को विश्वकपको टोलीबीच धेरै समानता रहेको बताएका छन्।

मेस्सीले प्रतियोगिता सुरु हुनुभन्दा केही दिनअघि मात्र आफ्नो धारणा सार्वजनिक गरेका हुन्। सन् २०२१ मा भएको कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनालाई यस वर्षको विश्वकप उपाधिको दाबोदार मानिएको छ।

यसअघि सन् २०१४ मा भएको विश्वकपमा अर्जेन्टिना फाइनलसम्म पुगेको थियो। फाइनलमा भने जर्मनीसँग पराजित भएको थियो। मेस्सीले सोही टोली र अहिले घोषणा गरिएको टोलीमा धेरै समानता रहेको बताएका हुन्। 

‘२०१४ को विश्वकपमा हामीले निकै राम्रो खेलेका थियौं। यो अविस्मरणीय अनुभव थियो। मलाई निकै रमाइलो लागेको थियो। यो विश्वकपबाट मुख्य र सबैभन्दा महत्वपूर्ण कुरा सुदृढ र एकीकृत समूह बन्नु बनेको भन्ने स्पष्ट भएको थियो’, उनले भने, ‘त्यसले अन्ततः तपाईंलाई महत्वपूर्ण लक्ष्यतर्फ डोर्‍याउँछ। अहिले मैले अहिलेको हाम्रो टोली र २०१४ को टोलीबीच धेरै समानता देखिरहेको छु।’
 
 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .