फिफा विश्वकप २०२२ अन्तर्गत समूह जीको खेलमा सर्बियाले स्विटजरल्याण्डमाथि २–१ गोल अन्तरको अग्रता लिएको छ। खेलको ३५ औं मिनेटमा सर्बियाका डुसान भ्लाहोभिकले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्।
खेलको २० औं मिनेटमा हेर्डन शाकिरीको गोलमा स्विट्जरल्याण्डले अग्रता लिएको थियो। तर ६ मिनेटमै सर्वियाले गोल फर्काएको छ।
सर्वियाका लागि २६ औं मिनेटमा एलेक्ससान्डर मित्रोभिकले गोल गरेका हुन्।
नकआउटमा पुग्न यो निर्णयक खेल हो। स्विट्जरल्याण्डलाई यो खेल जिते वा बराबरी गरे पनि पुग्छ। तर सर्वियालाई जित्नै पर्ने बाध्यता छ।
ब्राजिल र क्यामरुनबीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ। क्यामरुनलाई जिते पनि अघिल्लो चरण शुनिश्चित छैन भने ब्राजिल यसअघि नै नकआउटमा पुगिसकेको छ।
39
Shares
प्रतिक्रिया