ad ad

खेल


मोरक्कोको स्पेन रोक्ने रणनीतिले पोर्चुगलविरुद्ध काम गर्ला?

मोरक्कोको स्पेन रोक्ने रणनीतिले पोर्चुगलविरुद्ध काम गर्ला?

नेपालखबर
मंसिर २२, २०७९ बिहिबार १३:५६, काठमाडौँ

अफ्रिकी अरब देश मोरक्को अहिले कतार विश्वकपको क्वार्टरफाइनलका लागि तयारी गरिरहेको छ। मोरक्को विश्वकपको उपाधिबाट दुई कदम मात्र टाढा छ। 

नकआउट चरणमा स्पेनमाथि पेनाल्टी सुटआउटमा जित निकाल्दै मोरक्को अन्तिम ८ मा पुगेको थियो। निर्धारित समयमा गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो। 

मोरक्कोले स्पेनसँगको खेलमा आफ्नो नियन्त्रणमा बल भएको बेला आक्रामकरुपमा अघि बढ्ने र स्पेनको नियन्त्रणमा बल हुँदा रक्षात्मक हुँदै उसलाई रोक्ने रणनीति अपनाएको देखिन्थ्यो। यो नीतिले उक्त खेलमा काम पनि गर्‍यो र मोरक्को क्वार्टरफाइनलमा पुग्न सफल भयो।  

अनपेक्षित नतिजा दिइरहेको कतार विश्वकपमा उपाधि दाबेदार मानिएका अर्जेन्टिना, जर्मनी, फ्रान्स, ब्राजिल र स्पेनले हारको स्वाद लिइसकेका छन्। यही बिचमा कतारको दोहामा मोरक्कोले बेल्जियम र क्यानडालाई हराउँदा क्रोएशियासँग बराबरीको नतिजा निकालेको थियो। 

आफ्ना समर्थकका बीच मोरक्कोले ऐतिहासिक जित निकाल्यो। मोरक्कोको जितको एउटा कारण ठूलो भीडको समर्थन पनि महत्वपूर्ण कारक थियो। कतारमा सबै अरब टोलीहरूले दर्शकहरूको ठूलो समर्थनको आनन्द उठाए, तर मोरक्कोले बढी पाए। 

खेल अतिरिक्त समयमा धकेलिए पनि रातो झण्डा र ड्रम पिट्ने मोरोक्कोका समर्थकले यस्तो वातावरण बनाए की खेलाडीहरूले मैदानमा थप ऊर्जाको भण्डार भेट्टाए। जसले एजुकेशन सिटी स्टेडियम साँच्चिकै हेर्न लायक थियो। मोरक्कोका कप्तान मैदानमा खेलाडीलाई हौसला दिँदै डटिरहे। हाकीमी जियाच, सोफ्यान अम्रावत र सोफियन बोउफलले लगातार आक्रमण गरिरहे। 

स्पेनले लगातार मोरक्कोको पोष्टमा प्रहार गरिरहेपनि टोलीको डिफेन्स लाइन कत्तिपनि विचलित भएन। उनीहरु मैदानमा १२० मिनेट डटेर लडे। टोलीका गोलरक्षक यासिने बौनोले स्पेनको दुई पेनाल्टी प्रहार रोकेका थिए भने एक प्रहार भने बारमा लागेर बाहिरिएको थियो। 

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने मोरक्को पहिलो उत्तरी अफ्रिकी टोली हो भने चौथो अरब देश हो। यसअघि सन् २०१० मा घाना क्वार्टरफाइनलमा पुगेको थियो। १२ वर्षपछि अफ्रिकी टोली विश्वकपको अन्तिम १६ मा पुगेको हो। 

स्पेन र मोरक्कोबीच साझा इतिहास र भौगोलिक निकटता छ। जसले अलग देशलाई प्रतिनिधित्व गरे पनि नजिकको बिन्दुमा छन्। 

स्पेनमाथिको जित मोरक्कोका लागि यतिमा मात्र विशेष छैन। मोरक्कोका गोलरक्षक बाेउनोउ, फरवर्ड योसुफ इन–नेस्री ले स्पेनिस ला लिग सेभिल्लामा आवद्ध छन्। 

मोरक्कोले क्वार्टरफाइनलमा पोर्चुगलसँग खेल्नेछ। नकआउट चरणमा सानदार जित निकाल्दै अन्तिम ८ मा पुगेको पोर्चुगललाई हराउन मोरक्कोलाई त्यति सहज छैन। तर मोरक्को यतिमै रोकिने मनस्थितिमा भने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .