ad ad

खेल


कतार खराब इतिहास नजिक, सेनेगलको अग्रता दोब्बर

कतार खराब इतिहास नजिक, सेनेगलको अग्रता दोब्बर

नेपालखबर
मंसिर ९, २०७९ शुक्रबार २०:२, काठमाडौँ

विश्वकप फुटबलमा कतार खराब इतिहास नजिक पुगेको छ। अहिले जारी खेलमा सेनेगलले २–० को अग्रता बनाउँदा कतार लगातार दोस्रो खेलमा पराजय नजिक पुगेको हो। 

यो खेलमा पराजित भए कतार समूह चरणबाटै बाहिरिने संघारमा पुग्ने छ। एक खेल अघि नै उ विश्वकपको समूह चरणबाटै बाहिरिने तय हुने छ। 
अल थुमामा स्टेडियममा खेलको दोस्रो हाफ जारी रहँदा सेनेगलले कतारविरुद्ध २–० ले अग्रता बनाएको हो। खेलको ४८ औँ मिनेटमा फमारा दाइदेउले गोल गर्दै २–० को अग्रता बनाएका हुन्। 

सेनेगलमन फमाराले इस्माएल जाकोब्सको पासमा बललाई पोष्टको जाली चुमाएका हुन्। त्यसअघि खेलको ४१ औँ मिनेटमा बौलाया डियाले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .