ad ad

खेल


जर्मनीलाई नकआउटमा पुग्न स्पेनले पनि जित्नुपर्छ

जर्मनीलाई नकआउटमा पुग्न स्पेनले पनि जित्नुपर्छ

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १८:५२, काठमाडौँ

चार पटकको विश्व विजेता जर्मनी कतार विश्वकपमा समूह चरणबाटै बाहिरिने संघारमा छ।

समूह चरणको अन्तिम खेलमा आफूले जिते पनि नकआउटमा पुग्नेमा जर्मनी ढुक्क हुने अवस्था छैन।

उसलाई जापान र स्पेनको नतिजामा भर पर्नुपर्छ। निर्णायक दुवै खेलमा अनुकुल नतिजा आएमा मात्रै उसको नकआउट पुग्ने सम्भावना जिवित छ।

बिहिबार अल बायत स्टेडियममा कोष्टारिकाविरुद्ध उत्रँदा जित्नै पर्ने दबाबमा जर्मनी हुनेछ।

कोस्टारिका भने बराबरीको नतिजाले पनि अघिल्लो चरण पुग्न सक्छ। उसका लागि पनि अर्को समूहको नतिजामा भर पर्नुपर्छ। आफूले जितेमा कोस्टारिकाले नकआउटमा स्थान पक्का गर्छ।

समूह ई मा ४ अंक भएको स्पेन शीर्षस्थानमा छ। जापान र कोस्टारिकासँग समान ३ अंक भए पनि गोलअन्तरका आधारमा जापान दोस्रो र कोस्टारिका तेस्रो स्थानमा छ। कोस्टारिकाको प्रतिस्पर्धी जर्मनीसँग मात्रै १ अंक छ। 

बिहीबार कोस्टारिका जर्मनीलाई बराबरीमा रोक्न चाहन्छ। जर्मनी भने स्पष्ट जितको खोजीमा हुनेछ। पहिलो र दोस्रो स्थामा रहेका स्पेन र जापानको भिडन्तले तेस्रो र चौथो स्थानमा रहेका टोलीका लागि पनि नकआउटको बाटो खुल्ला भएको हो। 

विश्वकपमा जर्मनी र कोस्टारिका दोस्रो पटक आमने सामने हुन लागेका हुन्। यसअघि सन् २००६ मा यी टोलीबीच भेट हुँदा जर्मनीले कोस्टारिकालाई ४–२ ले पराजित गरेको थियो। १६ वर्ष अघिकै नतिजा दोहो¥याउने दाउमा जर्मनी हुनेछ। तर कोस्टाकारि बदला लिन चाहन्छ। 

कोस्टारिका २०१८ मा पनि समुह चरणबाटै बाहिरिएको थियो। यही समुहको अर्को खेलमा स्पेन र जापान मध्यराति पौने १ बजे खालिफा इन्टरनेशनल मैदानमा आमने सामने हुनेछन्। 

सानदार सुरुवात गरेका यी दुवै टोलीले दोस्रो खेलमा ठक्कर खाए। स्पेनले पहिलो खेलमा कोस्टारिकामाथि ऐतिहासिक ७–० को नतिजा निकाल्दा जापानले जर्मनीलाई स्तब्ध बनायो।

दोस्रो खेलमा जापान कोस्टारिकासँग पराजित भयो। स्पेन जर्मनीसँग बराबरीमा रोकियो। एक खेल अघि नै नकआउट पुग्ने मौका दुवैले गुमाए। 

सन् २०१० को विश्वकप च्याम्पियन टोली स्पेन जापानलाई हराउँदै नकआउट चरणमा पुग्ने योजनामा छ। सन् २०१४ मा समुह चरणबाट नै घर फर्किएको स्पेन २०१८ मा नकआउट चरणबाट नै बाहिरिएको थियो। स्पेन २०१० कै इतिहास  दोहोराउँदै उपाधि थप्ने लक्ष्यमा जापान तगारो बन्न सक्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .