खेल


अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वार्टरफाइनलमा

नेपालखबर
मंसिर १८ , काठमाडौँ

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान  अल्भारेजले १/१ गोल गरे। 

खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। 

यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा  अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो।  यससँगै खेल २–१ को अवस्थामा पुगेको हो। 

यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो।

२०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो। २०१० र २००६ मा क्वार्टरफाइनलसम्म पुगेको थियो। २००२ मा भने समूह चरणबाटै बाहिरिएको थियो। 

१९७८ र १९८६ मा उपाधि जितेका अर्जेन्टिनाले त्यसपछि उपाधि थप्न सकेको छैन। 

अब क्वार्टरफाइनलमा नेदरल्याण्ड्ससँग भिड्ने छ। यसअघि २०१४ मा नेदरल्याण्ड्ससँग सेमिफाइनलमा भेट भएका थिए। टाइब्रेकरमा नेदरल्याण्ड पराजित भएको थियो। नेदरल्याण्ड्स अमेरिकालाई पराजित गर्दै क्वर्टरफाइनलमा प्रवेश गरिसकेको छ। 


 

मंसिर १८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.