विश्वकपको फाइनल भिडन्त हुन केही घण्टा बाँकी हुँदा आफूले समर्थन गरेको टिमलाई समर्थन गर्नेहरुले फरक फरक शैलीमा जितको कामना गरिरहेका छन्।
अर्जेन्टिना र फ्रान्सले फाइनल भिडन्त गर्न लाग्दा नेपलाबाट बालबालिकादेखि वृद्धवृद्धासमा आफूले समर्थन गरेको टोलीले विश्वकप उचालेको हेर्न चाहिरहेका छन्।
यस्तै एक चहाना राख्ने नेता हुन् डा. बाबुराम भट्टराई। पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले यस पटक अर्जेन्टाइन कप्तान लियोनेल मेस्सीले विश्वकप जितेको हेर्न चाहेको बताएका छन्।
उनले मेस्सी र फ्रान्सेली स्ट्राइकर किलियन एम्बाप्पे दुवै मन पर्ने बताएका छन्। तर यो विश्वकपबाट बिदा लिने भएकाले पनि मेस्सीलाई जितको कामना उनले गरेका हुन्।
'आज फिफा विश्वकपको फाइनल, अर्जेन्टिना र फ्रान्स दुई उत्कृष्ट टिमको जितहारमा हाम्रो चाहनाले केही फरक पार्दैन', उनले भनेका छन्, 'तर हामीलाई यो वा उसले जितोस् भन्ने लाग्छ! मलाई पनि मेस्सी र एमबाप्पे दुवै मन पर्ने खेलाडी हुन्। मेस्सी उत्कृष्टतम् हुन् र आजबाट बिदा लिँदैछन्। एम्बाप्पेलाई समय छ, अतः आज मेस्सी!'
— Baburam Bhattarai (@brb1954) December 18, 2022आज #FIFAWorldCup को फाइनल!अर्जेन्टिना र फ्रान्स दुइ उत्कृष्ट टीमको जीतहारमा हाम्रो चाहनाले केही फरक पार्दैन। तर हामीलाई यो वा उसले जितोस् भन्ने लाग्छ! मलाई पनि मेस्सी र एमबाप्पे दुवै मन पर्ने खेलाडी हुन्! मेस्सी उत्कृष्टतम हुन् र आजबाट विदा लिदैछन्।एमबाप्पेलाई समय छ!अतःआज मेस्सी! pic.twitter.com/dXpJNi3Kz8
Shares

प्रतिक्रिया