सुदूरपश्चिम


डोटी भूकम्प : एकै परिवारका ३ जनाको मृत्यु

डोटी भूकम्प : एकै परिवारका ३ जनाको मृत्यु

डोटीमा भूकम्पले ध्वस्त घर। तस्बिर : नेपाली सेना


नेपालखबर
कात्तिक २३, २०७९ बुधबार ९:३७, काठमाडौँ

डोटीमा मंगलबार राति गएको भूकम्पमा परी एकै परिवारका ३ जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जिल्लाको पूर्वीचौकी गाउँपालिका–३ टाढा गाउँमा घर भत्किँदा एकै परिवारका तीन जनासहित ६ जनाको मृत्यु भएको हो। 

मंगलबार राति २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा घर भत्किएर ३० वर्षीया भगवतीदेवी बोहरा, उनका छोरी १३ वर्षीया सीता बोहरा र छोरा ७ वर्षीय हर्क बोहराको मुत्यु भएको हो। 

यस्तै भूकम्पले घर भत्किएर ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र १६ वर्षीया धनसरी बोहराको मृत्यु भएको डीएसपी भोला भट्टले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .