सुदूरपश्चिम


घाँसपात गर्न गएकी महिला जंगलमा मृत फेला, हत्याको आशंका

घाँसपात गर्न गएकी महिला जंगलमा मृत फेला, हत्याको आशंका

नेपालखबर
कात्तिक २०, २०८० सोमबार ११:१२, कञ्चनपुर

कञ्चनपुरमा सोमबार बिहान ६० वर्षीया वृद्धा मृत अवस्थामा भेटिएकी छन्।

शुक्लाफाँटा नगरपालिका-७, शान्तिपुरकी ६० वर्षीया नारुदेवी जोशी जंगलमा मृत अवस्थामा भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरभन्दा करिब ६ सय मिटरको दूरीमा रहेको मध्यवर्ती सामुदायिक वनभित्र शव भेटिएको छ।

‘घटना शंकास्पद छ, अहिले घटनास्थलमा प्रहरी टोली खटिएको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ।’

मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। ती महिला आइतबार दिउँसो घाँसपात ल्याउन भनी जंगलतर्फ गएकी थिइन्।

बेलुकीसम्म घर नफर्किएपछि खोजीकार्य गर्दा सोमबार बिहान जंगलमा शव भेटिएको हो। ती महिलाको औँलामा चोट लागेको छ भने कानमा गहना छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .