सुदूरपश्चिम


जंगलबाट एक लाख रुपैयाँ र ताससहित ६ जना पक्राउ

जंगलबाट एक लाख रुपैयाँ र ताससहित ६ जना पक्राउ

फाइल तस्बिर


नेपालखबर
पुस २२, २०८० आइतबार १३:२४, कञ्चनपुर

कञ्चनपुरमा एक लाखभन्दा बढी नगद रुपैयाँ र ताससहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ जामिरगाडास्थित जंगलमा तास खेलिरहेका ६ जनालाई पक्राउ गरिएको हो। 

पक्राउ पर्नेमा भीमदत्त–९ का भवानी सिंह बुढा, भीमदत्त–६ का  खेमराज लेखक, भीमदत्त–२ का लाल बहादुर चौधरी, भीमदत्त–४ का दामोदर भट्ट, भीमदत्त–१० का सुरज भट्ट र दोधारा चाँदनी नगरपालिका–४ का सुनिल विक छन्। 

शनिबार राति जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उनीहरुको साथबाट १ लाख ४२ हजार ६४५ रुपैयाँ र ६ गड्डी तास पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .