सुदूरपश्चिम


‘कञ्चनपुर प्रहरीले प्रतिशोधपूर्ण तरिकाले पत्रकार थुन्यो, तुरुन्त रिहाइ होस्’

‘कञ्चनपुर प्रहरीले प्रतिशोधपूर्ण तरिकाले पत्रकार थुन्यो, तुरुन्त रिहाइ होस्’

पत्रकारद्वय पुष्कर भट्ट र ऐश्वर्या कुँवर


नेपालखबर
माघ २७, २०८० शनिबार २१:५, काठमाडौँ

कञ्चनपुरका पत्रकारद्धय ऐश्वर्या कुँवर र पुष्कर भट्टलाई प्रहरीले नियन्त्रणा लिएकोमा पत्रकार महासंघ कञ्चनपुरले विरोध जनाएको छ।

पत्रकारद्धयलाई विद्युतिय कारोबार कसुर अन्तर्गत मुद्दा चलाएर पक्राउ गरिएकोमा प्रेस विज्ञप्ति जारी गर्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 

एउटा प्रयोजनका लागि आएको कानूनको अर्कै प्रयोजनमा प्रयोग गरी पत्रकारलाई पक्राउ गरिएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रसाद अवस्थीद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

पत्रकारद्धयको तुरुन्त रिहाईका लागि समेत महासंघले आग्रह गरेको छ। माग सम्बोधन नगरिएमा महासंघ चरणबद्ध आन्दोलनमा जाने चेतना समेत विज्ञप्तिमार्फत दिइएको छ। 

यस्तै पत्रकार सम्बद्ध अन्य संघ संगठनले पनि पत्रकार पक्राउ विषयमा विरोध जनाएका छन्। नेपाल प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर कञ्चनपुरले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारको रिहाइको माग गरेका छन्। 

कञ्चनपुर प्रहरीको कार्यशैलीलाई लिएर निरन्तर समाचार प्रकाशन तथा सम्प्रेषण भइरहेको अवस्थामा प्रतिशोधपूर्ण तरिकाले पत्रकारलाई पक्राउ गरिएको उनीहरूको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .