सुदूरपश्चिम


जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित

गोकुल जोशी
मंसिर ५, २०८१ बुधबार १४:२२, कञ्चनपुर

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्।

प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी चौधरी निर्विरोध भएकी हुन्।

बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन्।

कैलाली जिससमा कांग्रेस र नाउपाको उम्मेदवारी परेको थियो। कांग्रेसलाई एमालेले समर्थन गरेको थियो। 

०७९ को स्थानीय तह चुनावपछि जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा उपचारको क्रममा निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad