सुदूरपश्चिम


आर्थिक मामिलामन्त्री थापालाई कार्यवाहक दिएर सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत भ्रमणमा

आर्थिक मामिलामन्त्री थापालाई कार्यवाहक दिएर सुदूरपश्चिमका मुख्यमन्त्री शाह भारत भ्रमणमा

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार १६:३१, कञ्चनपुर

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको १० सदस्यीय टोली भारतमा भ्रमणमा गएको छ। भारतको विदेश मन्त्रालयको औपचारिक निमन्त्रणमा प्रदेशका मुख्यमन्त्री शाह नेतृत्वको टोली मंगलबार त्यसतर्फ प्रस्थान गरेको हो।

मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाहीसमेत छन्। 

यस्तै, नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि टोलीमा छन्।

भारतको विदेश मन्त्रालयबाट औपचारिक रुपमा पहिलो पटक भ्रमणको निम्तो आएपछि मुख्यमन्त्रीसहितको टोली उत्साहित हुँदै त्यसतर्फ प्रस्थान गरेको छ।

भारत भ्रमणले दुई देशको सम्बन्ध प्रगाढ हुने मुख्यमन्त्री शाहले विश्वास व्यक्त गरे।

टोलीले एक हप्तासम्म दिल्ली, देहरादुन र लखनउमा बिताउने बताइएको छ। भ्रमणको क्रममा मुख्यमन्त्री शाहले दिल्लीमा संघीय मन्त्रीहरू, उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

शाह भारतमा रहँदासम्म सुदूरपश्चिम प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले सम्हाल्ने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad