सुदूरपश्चिम


जेनजी भनेर कांग्रेसका व्यक्तिले नांगै पारी कुटेको आरोप लगाउँदै फेसबुक लाइभमै प्राण त्यागे युवकले

जेनजी भनेर कांग्रेसका व्यक्तिले नांगै पारी कुटेको आरोप लगाउँदै फेसबुक लाइभमै प्राण त्यागे युवकले

नेपालखबर
भदौ २८, २०८२ शनिबार १९:१८, कञ्चनपुर

कञ्चनपुरको वेदकोट नगरपालिका-४, बैतडाका २५ वर्षीय नरेश धानुकले सामाजिक सञ्जालमा लाइभ गर्दै प्राण त्यागेका छन्। 

आत्महत्या गर्नुअघि उनले आफूलाई जेनजी भन्दै नांगै पारेर कुटपिट गरिएको दाबी गरेका छन्। केही व्यक्तिको नाम लिँदै आत्महत्या गर्न बाध्य भएको उनले बताएका छन्। 

‘मलाई सोसल अत्याचार भयो। म मर्दै छु। सोसल अत्याचारकै कारणले म फाँसी दिन गइरहेको छु,’ उनले आत्महत्याअघि भनेका छन्, ‘कांग्रेसको व्यक्तिले मलाई कुटपिट गर्‍यो। मलाई नांगै बनाएर दौडायो गाइज।’

शुक्रबार राति फेसबुक लाइभमा रुँदै उनले सोही कारण आत्महत्या गर्नुपरेको बताएका थिए।

मृतककी दिदी हिरा धानुक रावलले पनि राति साढे १० बजेतिर जेनजी भन्दै रक्सी पिलाएर कुटपिट गर्दै आत्महत्या गर्न बाध्य बनाइएको दाबी गरेकी छन्। 

‘सुरुमा दारु (रक्सी) पिलाएका रहेछन्। त्यसपछि नांगो बनाएर कुटपिट गरे। त्यसरी अपमानपछि उसलाई घरमा गएर आत्महत्या गर्न बाध्य पारियो,’ उनले भनिन्, ‘मर्ने थिएन, मलाई मर्न बाध्य बनायो भनेर उनीहरूको नाम लिएको छ।’ 

उनले शव नउठाउने बताइन्। मृतकका दुई सन्तानको  जिम्मेवारी स्थानीय तह वा मर्न बाध्य पार्ने व्यक्तिले लिनुपर्ने माग गरिन्।

पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन्। आत्महत्या दुरुत्साहन मुद्दामा ४ जनाविरुद्ध किटानी जाहेरी आएको डीएसपी सागर बोहराले बताए। घटनाको अनुसन्धान हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad