सुदूरपश्चिम


कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु, ७० वर्षीया वृद्धा घाइते

कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु, ७० वर्षीया वृद्धा घाइते

प्रतीकात्मक तस्बिर


नेपालखबर
असोज १०, २०८२ शुक्रबार १०:४३, कञ्चनपुर

कैलालीमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई जनाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका-७ स्थित जेपी चोकमा बिहीबार राति भएको दुर्घटनामा दुई युवकको मृत्यु भएको हो।

सडक किनारमा पार्किङ गरी राखेको सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको हो। 

मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिससिंह गम्भीर घाइते भई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उनलाई मृत घोषणा गरे।

सोही मोटरसाइकलमा सवार १९ वर्षीय गणेश कुवँरको पनि उपचारकै क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार ट्रक चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

त्यसैगरी दुर्घटनामा परेको मोटरसाइकलले ठक्कर दिँदा धनगढी–१२ सी गाउँकी ७० वर्षीया मना पार्की घाइते भएकी छन्। उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad