सुदूरपश्चिम


एमाले बझाङमा लफडा: प्रतिनिधि छनोटमा असन्तुष्टि पोख्दै पठाइयो अर्को लिस्ट

एमाले बझाङमा लफडा: प्रतिनिधि छनोटमा असन्तुष्टि पोख्दै पठाइयो अर्को लिस्ट

गोकुल जोशी
मंसिर १४, २०८२ आइतबार १५:२२, कञ्चनपुर

आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटलाई लिएर नेकपा एमाले बझाङमा विवाद चर्किएको छ।

आन्तरिक विवादका कारण महाधिवेशनका लागि दुई समूहले अलग अलग प्रतिनिधि छनोट गरेर पठाएका छन्। 

खुलातर्फ दिलबहादुर भण्डारी, एलबी रावल, लालबहादुर खड्का र दमनबहादुर भण्डारीलाई सर्वसम्मत प्रतिनिधि पठाइएको नेकपा एमाले बझाङले जनाएको छ। 

यस्तै, महिलातर्फ जानकी बोहरा, डोल्मा तामाङ र भागरथी सिंहको नाम जिल्ला कमिटीको लेटर प्याडमा छ। युवा कलस्टरमा पंकज भण्डारी, दलितमा आनन्दलाल विक र शंकर रसाइली प्रतिनिधि पठाइएका छन्।

यसको काउन्टरमा एमाले केन्द्रीय सदस्य भैरवबहादुर सिंह पक्षले पार्टी सदस्यको भेलाबाट अलग प्रतिनिधि पठाएको छ। 

सिंहसहित केन्द्रीय सदस्यद्वय एवम् प्रदेश सभा १ का इन्चार्ज अफिलाल ओखेडा र प्रदेश सभा २ इन्चार्ज आशा कुमारी विकले अलग्गै प्रतिनिधिको नाम पठाएका हुन्। 

उनीहरूले खुलातर्फ पदमबहादुर धामी, प्रकाश रोकाया, गोकुल बहादुर सिंह, राकेश बहादुर सिंह र पुरनबहादुर धामीको नाम सिफारिस गरेका छन्।

यस्तै, महिलातर्फ भगिरथी सिंह, देवकी जोशी, निशा धामी, दलिततर्फ दिनेश नेपाली, कृष्णबहादुर सार्की र युवामा गणेश राज जोशीलाई सिफारिस गरिएको छ।

एकलौटी ढंगले छलफल नै नगरी जिल्ला कमिटीको सचिवालयले नाम पठाएपछि आफूहरु पनि अलगै नाम पठाउनु पर्ने अवस्थामा आएको एमाले नेता अफिलाल ओखेडाले बताए। 

‘४६ जनाको मनोनयन परेको थियो। हामी केन्द्रीय सदस्य लगायतसँग छलफल नै गरिएन। एकलौटी ढंगले सचिवालयले नाम पठायो,’ उनले भने, ‘त्यसैले बाध्य भएर हामीले अर्को नामावली पठाएका छौँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad