नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा डेमोक्रेसी नभएको भन्दै टिप्पणी गरिएकोमा आपत्ति जनाएका छन्। आइतबार एमाले महाधिवेशन प्रचार समितिले आयोजना गरेको लोगो सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी महाधिवेशनमा मतदान हुने बताएका हुन्।
‘सर्वसम्मतिका नाममा सेन्टिमेन्टल काम हुँदैन। रोक्ने सोक्ने काम हुँदैन प्रतिस्पर्धा हुन्छ। एमालेमा डेमोक्रेसी छैन- चुनावै लडेन कसैलाई चुनाव लड्न दिएन भन्दै गर्लान्,' ओलीले भने, 'नदिइएको होइन। मेरो आग्रह छ- एकताबद्ध भएर जाऔं, एकअर्कामा टिकाटिप्पणी गर्ने खुइल्याउने, होच्याउने, अपमान गर्ने जस्ता काम किन गर्ने?'
उनले पार्टी पुनर्गठन, हस्तान्तरण र पुस्तान्तरण आवश्यकता हुने पनि बताए।
57
Shares

प्रतिक्रिया