सुदूरपश्चिम


एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत, भीम रावल समूह पनि पदाधिकारीमा समेटियो

एमाले सुदूरपश्चिम अध्यक्षमा जैसी सर्वसम्मत, भीम रावल समूह पनि पदाधिकारीमा समेटियो

फाइल तस्बिर : कृष्णप्रसाद जैसी


नेपालखबर
असोज २५, २०८० बिहिबार १२:२, कञ्चनपुर

नेकपा एमालले सुदूरपश्चिमको पदाधिकारी सर्वसम्मत रूपमा चयन गरेको छ। 

प्रथम प्रदेश अधिवेशनमार्फत अछामका कृष्णप्रसाद जैसीको नेतृत्वमा पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्।

नेतृत्व छान्न धनगढीमा ५ दिनसम्म चलेको अधिवेशनले पदाधिकारी अन्ततः निर्विरोध निर्वाचित गरेको हो। 

उपाध्यक्षमा कालीबहादुर शाही बुधबारै निर्विरोध निर्वाचित भएका थिए। सचिवमा रणबहादुर चन्द निर्वाचित भएका छन्। 

उपसचिवमा नरबहादुर विक र भागरथी विष्ट चयन भएका छन्। भीम रावल समूहको अडानले सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुन सकेको थिएन। 

सुदूरपश्चिम रावल समूहविरुद्ध दामोदर भण्डारी, कर्णबहादुर थापा र लेखराज भट्ट समूह मिलेका थिए। 

रावल समूह उपसचिव पाएपछि अध्यक्षबाट ब्याक भएको हो। रावलको समूहबाट अध्यक्षको उम्मेदवार बनेका भरत साउदले अध्यक्षमा जैसीलाई समर्थन गरेका हुन्।

सचिव चयन भएका चन्द दामोदर भण्डारी समूहका हुन्। उपसचिव बनेका विक भीम रावल समूहका हुन्।

अध्यक्ष बनेका जैसी एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा समूहले अघि सारेका उम्मेदवार हुन्।

अध्यक्षमा उम्मेदवारी दिएका अछामका कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका थिए।

तिमिल्सिनालाई भण्डारी समूहले अध्यक्षको उम्मेदवार खडा गरेको थियो भने लेखराज समूहले सिंहलाई अघि सारेको थियो।

कूल १५९ सदस्यीय प्रदेश कमिटीमा सर्वसम्मत भएका सदस्यको विवरण तयारीको क्रममा रहेको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .