ad ad

विश्वकप विशेष


विश्वकप : निराशाजनक प्रदर्शन गरेर बाहिरिएका ६ राष्ट्र

विश्वकप : निराशाजनक प्रदर्शन गरेर बाहिरिएका ६ राष्ट्र

नेपालखबर
पुस ३, २०७९ आइतबार १८:३८, काठमाडौँ

कतार विश्वकपको उपाधिका लागि आइतबार राति साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दैछन्। लुसैल स्टेडियममा राति पौने ९ बजे खेल सुरु हुनेछ। 

विश्वकपमा सहभागी ३२ टोलीमध्ये उपाधिका लागि यी दुईले उपाधि भिडन्त पक्का गरेका हुन्।समहु चरण, नकआउट, क्वार्टरफाइनल र सेमिफाइनलसम्मका खेल सकिँदा केही अनेपेक्षित नतिजा यो विश्वकपमा आए। 

पूर्व विश्व विजेता टोलीहरु यो पटक छिट्टै घर फर्किए। धेरै अपेक्षा नगरिएका टोलीबाट यो पटक आश्चर्यजनक प्रर्दशन भयो।

यही विश्वकपबाट साउदी अरब डार्क हर्सका रुपमा उदाउँदा पूर्व विजेता टोली भने समूह चरणबाटै बाहिरिए। जारी विश्वकपमा निराशाजनक प्रर्दशन गरेका केही टोलीबारे यहाँ चर्चा गरेका छौँ

जर्मनी
चार पटकको विश्व विजेता जर्मनी यो पटकको विश्वकपमा समूह चरणबाटै घर फर्कियो। सन् २०१४ को विश्व विजेता जर्मनी त्यसपछिका दुई संस्करणमा लगातार समूह चरणबाटै बाहिरिएको हो। 

समूह चरणको पहिलो खेलमा नै जर्मनी जापानसँग २-१ ले स्तब्ध हुन पुग्यो। समूह चरणको दोस्रो खेलमा स्पनेसँग १–१ को बराबरी खेलेको जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४–२ ले हराएको थियो। 

समूह ई मा रहेको स्पेन र जर्मनीको बराबरी ४ अंक भए पनि गोलअन्तरले पछि पर्दै जर्मनीको विश्वकप यात्रा समूह चरणमै सीमित बन्यो। जर्मनी गोलअन्तरमा स्पेनभन्दा ५ गोलले पछि पर्दा बाहिरिनु परेको हो।
 
स्पेन
समूह ई मै रहेको स्पेन नकआउट चरणमा मोरक्कोसँग पराजित हुँदै कतार विश्वकपबाट घर फर्कियो। 

समूह चरणको पहिलो खेलमा कोस्टारिकालाई ७–० को फराकिलो अन्तरले पराजित गर्दै सानदार यात्रा सुरु गरेको स्पेनले दोस्रो खेलमा जर्मनीसँग एक एक गोलको बराबरी खेलेको थियो। 

समूह चरणको अन्तिम खेलमा जापानसँग २–१ ले पराजित भएको स्पेन अंक तालिकाको दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको थियो। 

नकआउट चरणमा मोरक्कोसँग गोलरहित बराबरी खेलेको स्पेन टाइब्रेकरमा ३–० ले पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो। मोरक्कोसँग पराजित भएपछि स्पेनका मुख्य प्रशिक्षक लुइस इनरिक टोलीबाट हटाइएका थिए। 

बेल्जियम
गोल्डेन जेनेरेसनको रुपमा हेरिएको बेल्जियमले पनि जारी विश्वकपमा अपेक्षा गरे अनुसार खेल देखाउन सकेन। 

फिफा वरीयतामा दोस्रो स्थानमा रहेको बेल्जियम विश्वकै उत्कृष्ट टोलीमध्येको एक हो। यद्यपि बेल्जियमको यो टोलीले महत्वपूर्ण उपाधि भने हात पार्न सकेको छैन। 

क्रोएसियाविरुद्धको खेलमा गोलरहित बराबरी खेल्दै बेल्जियम फिफा विश्वकपको समूहचरणबाटै बाहिरिएको छ।  बेल्जियमले अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय ट्रफी हात पार्न सकेको छैन। 

पछिल्लो केही वर्षदेखि बेल्जियमको टोलीलाई इतिहासकै स्वर्णिम पुस्ताको मानिएको छ। तर बेल्जियमको टोलीले अपेक्षाअनुसारको नतिजा दिन सकेको छैन।  

बेल्जियमको अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि सन् २०१८ मा रुसमा भएको विश्वकपमा तेस्रो हुनु हो। बेल्जियमले उत्कृष्ट टोली निर्माणका लागि उल्लेख्य लगानी गरेको छ।  

वेल्स
इङल्याण्डसँग पराजित भएपछि वेल्स ६४ वर्षपछि कतार विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।  

अहमद अल बिन अली स्टेडियममा मंगलबार भएको खेलमा इङल्याण्डसँग ३–० ले पराजित  भएपछि दोस्रो पटक अन्तिम १६ मा पुग्ने  वेल्सको इच्छा अधुरै रहेको हो। 

यसअघि सन् १९५८ मा पहिलो सहभागितामा नै क्वार्टरफाइनलसम्म पुगेको वेल्स दोस्रो पटक पनि सोही लयलाई निरन्तरता दिने योजनामा थियो। त्यसपछी पहिलो पटक विश्वकपमा सहभागी भएको वेल्स समूह चरणबाट अघि बढ्न सकेन।

समूह बी मा रहेको वेल्स पहिलो खेलमा अमेरिकासँग १–१ को बराबरी खेल्दै अंक बाँडेको थियो। 

दोस्रो खेलमा इरानसँग २–० ले पराजित भएको वेल्सले समूह चरणको अन्तिम खेलमा इङल्याण्डसँग पराजित भएपछि भएको हो। समूह बी मा रहेको वेल्स तालिकाको पुछारमा रहेर कतार विश्वकप २०२२ को यात्रा टुङ्ग्याएको हो। 

डेनमार्क
सन् २०२० को युरोकपको सेमिफाइनलिस्ट टोली डेनमार्क फिफा विश्वकप २०२२ को समूह चरणबाटै बाहिरियो। 


डेनमार्कसँग यो पटक समर्थकले धेरै अपेक्षा गरेका थिए। तर कतार विश्वकपमा सम्झनलायक प्रदर्शन गर्न सकेन। साविक विजेता फ्रान्स, अष्ट्रेलिया र ट्युनिसा रहेको समूहमा रहेको डेनमार्कले १ अंक मात्रै बटुल्न सफल भयो। 

कतार
सन् २०१० मै विश्वकपको आयोजना गर्ने जिम्मेवारी पाएको कतारको प्रर्दशन पनि बिर्सन लायक रह्यो। विश्वकपको भव्य आयोजना गरिरहेको कतारले टोली निमार्णमा ध्यान दिन सकेन। 

आयोजक टोलीका रुपमा कतारले खेलमा खराब कीर्तिमान मात्रै आफ्नो गरायो। कतार समूह चरणमा कुनै जित ननिकाल्ने र समूह चरण पार नगर्ने पहिलो टोली बन्यो। 

समूह चरणको दोस्रो खेलमा नै अफ्रिका नेसन्सको च्याम्पियन सेनेगलसँग ३–१ ले पराजित हुँदै कतार विश्वकपको नकआउट चरणको दौडबाट बाहिरिने पहिलो टोली बनेको हो। 

कतारको खराब नतिजाको बीचमा फरवार्ड मोहम्मद मुन्तारीले भने आफ्नो नाम विश्वकपको इतिहासमा लेखाउन सफल भए। 

उनले सेनेगलविरुद्ध गोल गर्दै विश्वकपमा कतारबाट गोल गर्ने पहिलो गोलकर्ताको नाम आफने नाममा राखे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .