बागमती


मनकामना दर्शन गर्न आएका भारतीय पर्यटक शौचालयमा लड्दा मृत्यु

मनकामना दर्शन गर्न आएका भारतीय पर्यटक शौचालयमा लड्दा मृत्यु

फाइल तस्बिर: मनकामना मन्दिर


नेपालखबर
जेठ ११, २०८२ आइतबार १३:२६, भरतपुर

मनकामना दर्शन गर्न आएका एकजना भारतीय पर्यटक आज आइतबार शौचालयमा लड्दा मृत्यु भएको छ।

इच्छाकामना गाउँपालिका-४ स्थित मनकामना केवलकारको स्टेसनमा रहेको शौचालयमा लडेर गुजरात पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्टको मृत्यु भएको हो। 

मुग्लिनस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार शौचालयमा लडेर अचेत भेटिएका भट्टलाई उपचारार्थ इच्छाकामना आधारभूत अस्पताल कुरिनटार ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

शव परीक्षणका लागि भरतपुर अस्पतालतर्फ लगिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad