बागमती


कागेश्वरी मनोहरामा वर्षाको पानी जमेको खाल्डोमा बालक डुबेपछि (भिडिओ)

कागेश्वरी मनोहरामा वर्षाको पानी जमेको खाल्डोमा बालक डुबेपछि (भिडिओ)

नेपालखबर
असार १०, २०८२ मंगलबार ११:५३, काठमाडौँ

वर्षा हुने क्रम बढेसँगै राजधानी काठमाडौँमा पनि विपद्‌का घटना हुन थालेका छन्।

यसै क्रममा अहिले काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रमा वर्षाको पानी जमेको खाल्डोमा बालक खसेको दृश्य सामाजिक सञ्जालमा भाइरल छ। 

घटना कागेश्वरी मनोहरा नगरपालिका-६ को मूलपानी बाबाचोकनजिकै गत शुक्रबार साँझको हो। 

झमझम पानी परिरहेका बेला खेलिरहेका अन्दाजी ५ वर्षिय बालक पानीले भरिएको खाल्डोमा खस्छन्।

तर मृत्युको मुखमा पुगिसकेका उनी बाँच्न सफल हुन्छन्।

स्थानीय शैलेन्द्र केसीका अनुसार ती बालक शुक्रबार साँझ साढे ५ बजेतिर केसीको घरअगाडि ढल हाल्न खनिएको झन्डै ५ फिट गहिरो खाल्डोमा खेसका हुन्। 

ती बालक खेल्दाखेल्दै त्यो खाल्डोमा खसेको दृश्य केसीको सीसीटीभी क्यामेरामा कैद भएको छ। खाल्डोको पानीमा चुर्लुम्म डुबेका उनलाई उनकै उमेरकी बालिकाले तान्ने प्रयास गर्छिन्। 

यत्तिकैमा अर्का ठूला मानिस आएर उनको उद्धार गर्द्धन्। ती बालक ३० सेकेन्डपछि बाहिर निस्किन सफल भएका छन्।

अहिले यो भिडिओ भाइरल छ। 

हेर्नुहोस् भिडिओ:

‘यो सबै ढल खल्ने काममा लागेको वडाका कर्मचारीको लापर्बाहीले भएको हो’, केसीले नेपालखबरसँग भने, ‘उनीहरूले ढिलाइ गरेकाले यस्तो दुर्घटना हुने अवस्था आएको हो। मैले वडा सदस्यलाई गुनासो गर्दा उनी पन्छिन खोजे र भने- काल आए मर्छन् के गर्नु काम हुँदै छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad