बागमती


प्रदेश प्रमुख देवकोटा डिस्चार्ज

प्रदेश प्रमुख देवकोटा डिस्चार्ज

नेपालखबर
साउन १८, २०८२ आइतबार १७:४५, काठमाडौँ

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

मुत्रप्रणालीमा समस्या देखिएपछि गत बिहीबार काठमाडौँको ग्रान्डी इन्टरनेसनल अस्पतालमा भर्ना भएका उनी स्वास्थ्यमा सुधार आएपछि आज दिउँसो डिस्चार्ज भएको प्रदेश प्रमुख सचिवालय सदस्य सरिता दाहालले जानकारी दिइन्। 

अस्पतालमा उपचारका क्रममा खटिएका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी तथा सहयोगी कर्मचारीहरूलाई प्रदेश प्रमुख देवकोटाले आभार व्यक्त गरेका गर्दै उनको स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि धन्यवाद प्रकट गरेको दाहालले बताइन्। 

अस्पतालबाट डिस्चार्ज भएका प्रदेश प्रमुख देवकोटा निजी निवास भैँसेपाटी गएका छन्। उनी भोलि सोमबार हेटौंडा आउने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad