बागमती


बागमतीमा सभामुख पद आठ महिनादेखि खाली, तत्काल निर्वाचन गर्न आग्रह

बागमतीमा सभामुख पद आठ महिनादेखि खाली, तत्काल निर्वाचन गर्न आग्रह

नेपालखबर
बैशाख २८, २०८३ सोमबार १८:३, हेटौँडा

बागमती प्रदेश सभाको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले लामो समयदेखि रिक्त रहेको सभामुख पदप्रति गम्भीर चासो व्यक्त गरेको छ।

गत असोज १ गतेदेखि प्रदेश सभाको नेतृत्व गर्ने सभामुख पद रिक्त रहनु केवल प्रक्रियागत विषय नभई संसदीय गरिमा, संस्थागत प्रतिष्ठा, लोकतान्त्रिक उत्तरदायित्व तथा जनविश्वाससँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएको ठहर गरेको हो।

समितिले संसद जनताको सार्वभौम अभिव्यक्तिको केन्द्र भएकाले नेतृत्वविहीन अवस्थाले शासन प्रणालीप्रति अनावश्यक अन्योल र सन्देह सिर्जना गरेको निष्कर्ष निकालेको हो।

बैठकले राजनीतिक दलहरूबीच संवाद, सहमति र जिम्मेवार पहलमार्फत यथाशीघ्र सभामुख पदको निर्वाचन सम्पन्न गरी प्रदेश सभाको संस्थागत मर्यादा र जनविश्वास सुदृढ बनाउन बागमती प्रदेशका मुख्यमन्त्री, उपसभामुख तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै संसदीय दलका नेतालाई गम्भीर ध्यानाकर्षण गराउने निर्णय गरेको जनाएको छ।

यस्तै, समितिले प्रदेशमा देखिएको गुणस्तरीय बीउबिजन तथा रासायनिक मल अभावको विषयमा पनि चासो व्यक्त गरेको छ।

रोपाइँको मुख्य समयमा किसानले मल र बीउ सहज रूपमा नपाउँदा उत्पादनमै असर परेको भन्दै समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई वितरण प्रणाली प्रभावकारी, पारदर्शी र किसानमैत्री बनाउन अवलम्बन गरिएका प्रयासबारे जानकारी गराउन निर्देशन दिने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad