बाढी पूर्वानुमान महाशाखाले भक्तपुरस्थित हनुमन्ते खोलामा बाढी बढिरहेको जानकारी दिएको छ।
यसैकारण आसपास र डुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्मै सतर्क रहन बाढी महाशाखाले सुझाव दिएको छ।
आज राति ८:१० बजे चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘भक्तपुरस्थित हनुमन्ते खोलाको बाढी बढिरहेकाले नदी आसपास र डुबान भइरहने ठाउँका बासिन्दा बिहानसम्मै सतर्क रहनुहोला।’
213
Shares

प्रतिक्रिया