ad ad

प्रवास


मलेसियास्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र खोलिने

मलेसियास्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र खोलिने

नेपालखबर
असोज ११, २०७९ मंगलबार ११:२३, काठमाडौँ

मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकहरुले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघसहित मलेसियामा रहेका नेपाली संघ-संस्थाहरुले गरेको स्वागत कार्यक्रममा राजदूत पौडेलले घर फिर्ती, तलव सुविधा, आवास, कानुनी समस्या तथा स्थानीय प्रशासनसँग सम्वन्धित समस्यालाई तत्काल समाधान गर्न चौबीसै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताए।

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानुनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उनले बताए।

त्यस अवसरमा राजदूत पौडेलले मलेसियामा रहेका नेपाली संघ संस्थासँग समन्वय र सहकार्यलाई विशेष महत्व दिने बताए।

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयहरुको प्रभावकारी कार्यन्वयन आफ्नो प्राथमिकतामा रहेको उनको भनाइ छ ।

उक्त अवसरमा उनले मलेसियामा रहेका नेपालीहरुलाई औपचारिक च्यानल (बैंकिङ च्यानल)बाट मात्र रेमिटेन्स पठाउन आग्रह गर्दै हुन्डी लगायत अवैध माध्यम प्रयोगलाई नियन्त्रण गर्ने बताए।

मुलुकको हितकालागि नेपाल-मलेसियाबीचको सम्बन्ध समधुर बनाउन आफू लागिपर्ने उनले बताए। क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा भएको कार्यक्रममा एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा लगायतले पौडेललाई स्वागत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .