दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट १० नेपालीको मृत्यु भएको र तिनको नाम चाँडै सार्वजनिक गर्ने त्यहाँस्थित दूतावासले जनाएको छ।
४ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन रहेका एकको खोजीकार्य जारी रहेको पनि दूतावासले जानकारी दिएको छ ।
नेपाल फर्कन इच्छुक नेपालीहरुको स्वदेश फिर्तीको लागि राजदूतावासबाट नेपाल सरकार र इजरायल सरकारसँग आवश्यक समन्वय गरी विवरण संकलनको लागि छिट्टै अनलाइन दर्ताको व्यवस्था गरिने विज्ञप्तिमा जनाइएको छ।

54
Shares

प्रतिक्रिया