सेयरबजारमा आज झण्डै डेढ अर्बको सेयर कारोबार भएको छ।
शुक्रबार १ बजेसम्म मात्र हुने कारोबारमा १ अर्ब ४४ करोड ३४ लाख रुपैयाँको किनबेच भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार २१२ कम्पनीको ३३ लाख बिक्रीमा उक्त परिमाणको कारोबार भएको हो।
योसँगै सेयरबजार पुँजीकरण २८ खर्ब र बजारमा तरलता १० खर्ब रुपैयाँ छ।
२७.२६ अंकले घटेपछि सेयरबजार परिसूचक नेप्से २०१७.४६ विन्दुमा आइपुगेको छ। सेन्सिटिभ सूचक पनि आज ५.४० अंकले गिरावट आएको छ।
आज लगानीकर्ताले ८.४१ प्रतिशतसम्म कमाएका छन् भने गुमाउनेले ५.७९ प्रतिशतसम्म नोक्सानी सहनुपरेको छ।
आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको २१ करोडको सेयर किनबेच भएको छ।
45
Shares
प्रतिक्रिया