क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गर्ने भएको छ।
वैदेशिक रोजगारीमा गएकाहरुका लागि आईपीओ निष्काशन गरेसँगै सर्वसाधारणका लागि कम्पनीले आईपीओ जारी गर्न लागेको हो।
कम्पनीले सर्वसाधारणका लागि १८ लाख ४५ हजार कित्ता सेयर निष्काशन गर्नेछ। एक सय अंकित दरका २२ लाख ५० हजार कित्ता सर्वसाधारणमा निष्काशनमा ल्याएकोमा सोको ३ प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरिसकेको छ।
योबाहेक सोको ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई र बाँकी रहेको सेयर सर्वसाधारणका लागि निष्काशनमा ल्याउने कम्पनीले उल्लेख गरेको छ।
कम्पनीले फागुन २२ देखि २६ गतेसम्मका लागि आईपीओ निष्काशन गर्नेछ। लगानीकर्ताले कम्पनीको सेयरमा कम्तीमा १० कित्तादेखि धेरैमा १० हजार कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्।
लगानीका हिसाबले यो कम्पनी मध्यम जोखिमयुक्त कम्पनी हो । रेटिङ कम्पनी इक्रा नेपालले कम्पनीलाई डबल बी चिह्न प्रदान गरेको छ।
Shares

प्रतिक्रिया