कारोबार


विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

विनोद चौधरीको पहलमा निर्वाचन क्षेत्रमा सहरी विकासबाट ३१ करोड बढी बजेट विनियोजन

नेपालखबर
जेठ २३, २०८२ शुक्रबार १२:५३, काठमाडौँ

प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलमा पश्चिम नवलपरासी १ मा सहरी विकास मन्त्रालयअन्तर्गत बजेटमार्फत ३१ करोड बढि बजेट विनियोजन गरिएको छ। 

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सहरी विकास मन्त्रालयअन्तर्गत विभिन्न शीर्षकमा बजेट विनियोजन गरिएको हो। 

बजेटले पश्चिम नवलपरासी १ को पूर्वाधार विकास, सहरी सौन्दर्यकरण र विपन्न परिवारका लागि आवास निर्माण लगायतका महत्त्वपूर्ण परियोजनामा बजेट विनियोजन गरिएको हो। 

एकीकृत बस्ती विकास (सुस्ता), सडक निर्माण, आपतकालीन आवास भवन र पार्क लगायतका पूर्वाधार सुधारका लागि १ करोड ६ लाख रुपैयाँ विनियोजन भएको छ ।  

गरिब तथा विपन्न परिवारका लागि आवास सुस्ता, प्रतापपुर र सरावल गाउँपालिकाका गरिब तथा विपन्न परिवारका लागि आवास पूर्वाधार निर्माणमा ३ करोड रुपैयाँ बजेट छुट्ट्याइएको छ ।

सडक पूर्वाधार विकासतर्फ  बर्दघाट नगरपालिका वडा नं  ४ मा रहेको बिषय खोला दुवैतर्फ सडक स्तरोन्नतिका लागि ३ करोड, पोटाहादेखि पश्चिमतर्फ अन्नपूर्ण सिँचाइ बोरिङ हुँदै चौपत्ता पशु बजार त्रिवेणी जोड्ने सडक निर्माण (बर्दघाट नगरपालिका १४ र १५) का लागि ३ करोड, बर्दघाट टिसिएन  चोकदेखि जिमिरेभार हुँदै नारायणचोकसम्म ५ किलोमिटर सडक विस्तार तथा सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

बजेटमा सूर्यपुरादेखि भुजहवा जोड्ने बाटो स्तरोन्नति र कालोपत्रे (प्रतापपुर वडा नं  ७, सरावल वडा नं ७) का लागि ३ करोड, सरावल गाउँपालिका, बर्दघाट नगरपालिका वडा नं. १ को सिमानादेखि सरावल सालवास, पथरहिया, सिमलटाडी र नयाँटोल हुँदै सुनवल वडा नं ११ जोड्ने सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ बजेटमा सुनिश्चित गरिएको छ । 

पुल निर्माणतर्फ प्रतापपुरदेखि बेलाटारी जोड्ने ठूलो सडकमा पुल निर्माणका लागि ३ करोड, फडकी टोल बलिनगर डङेनमा पुल निर्माण (प्रतापपुर ८) का लागि ३ करोड रुपैयाँ छुट्ट्याइएको छ ।

सहरी विकास र सौन्दर्यीकरणतर्फ  बर्दघाटको नारायणचोक, गोपीगञ्ज, सेमरी, बेलाटारी, कुडियासम्मको बजार क्षेत्रमा १३ किलोमिटरको एक सय स्थानमा फ्लड लाइट, सडक पेटीमा वृक्षारोपण र सौन्दर्यीकरणका लागि ३ करोड रुपैयाँ बिनियोजना गरिएको छ ।  यसमा बर्दघाट, प्रतापपुर र सुस्ता गाउँपालिका समेटिनेछन्। ।  

पर्यटन विकासतर्फ बाउन्न खोला सिमसार पर्यापर्यटन विकासका विभिन्न संरचना निर्माण (बर्दघाट १०) का लागि ३ करोड विनियोजन हुनुका साथै बर्दघाट नयाँ शहर जग्गा एकीकरण कार्यको सम्भाव्यता अध्ययन गरी डिपिआर तयार गर्न ९ लाख रुपैयाँ छुट्ट्याइएको छ ।
विकासका लागि राजनीति भन्ने नाराका साथ पश्चिम नवलपरासी १ बाट संघीय सांसद निर्वाचित चौधरीले आफ्नो क्षेत्रको विकासका लागि निरन्तर पहल गर्दै आएका छन् । 

उनले तीन तहकै सरकारसँग विकासका लागि आवश्यक पहल र समन्वयको काम गर्दै आएका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad