सरकारले ल्याएको नयाँ अध्यादेशअनुसार अर्थ मन्त्रालयमातहतका निकायबाट पनि ३१ जना स्वतः पदमुक्त भएका छन् ।
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेशअनुसार उनीहरू पदमुक्त भएको मन्त्रालयले जनाएको छ।
जसअनुसार अर्थ मन्त्रालयमातहतको निकाय कर्मचारी सञ्चय कोषबाट अध्यक्ष भुपाल बराल, सदस्यहरू डा. धनिराम शर्मा, ईश्वर कार्की, विनोद थापा, प्राडा ताराप्रसाद भूसाल, देवेन्द्र रमण खनाल, कोषका प्रशासक जितेन्द्र धिताल र प्रशासक जितेन्द्र धितालको पद गएको छ।
त्यसैगरी नागरिक लगानी कोषबाट अध्यक्ष तुलसी प्रसाद घिमिरे, विज्ञ सञ्चालक हेमन्तराज रमाली र कार्यकारी निर्देशक पर्वत कुमार कार्की पनि पदमुक्त हुनपुगेका छन् ।
यसबाहेक नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था परिषद् गठनतर्फ तीन जना सदस्यहरू कुमार राई, थान प्रसाद पंज्ञानी, श्याम प्रसाद भण्डारी, लेखामान बोर्ड गठनतर्फ अध्यक्ष सुनिल कुमार ढुंगेल, ५ सदस्यहरू मनमोहनराज काफ्ले, जितेन्द्र कुमार मिश्र, दुर्गा प्रसाद ज्ञवाली, मनिषराज उप्रेती र विदुर लुइँटेल तथा सदस्य पोषराज नेपालको जागिर गएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनसम्बद्ध निकायबाट ३३ पदाधिकारी पदमुक्त, को को?
लेखापरीक्षणमा बोर्डतर्फ अध्यक्ष जगन्नाथ उपाध्याय निरौला र तीन सदस्यहरू रविन्द्र राजभण्डारी, क्षेत्र गोपाल प्रधान र गणेशराज राई पनि पदमुक्त भएको अर्थ मन्त्रालयले जनाएको छ।
यता, धितोपत्र बोर्डतर्फ सदस्य पिताम्बर भण्डारी, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट रिक्त सदस्यसहित सदस्य प्रकाश जंग थापा र प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेको पनि पद गएको छ।
नेपाल बीमा प्राधिकरणतर्फ जीवन बीमा सदस्य डा. गणेश प्रसाद पाण्डे, निर्जीवन बीमातर्फ रिक्त सदस्यको पद गएको मन्त्रालयले जनाएको छ।
यसअघि नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ३३ र युवा तथा खेलकुद मन्त्रालयमातहतबाट १९ जनाको पद गइसकेको छ।
Shares

प्रतिक्रिया