ad ad

कारोबार


टाटा टियागो ईभी भारतमा सार्वजनिक, नेपालमा कहिले आउँछ?

टाटा टियागो ईभी भारतमा सार्वजनिक, नेपालमा कहिले आउँछ?

नेपालखबर
असोज १२, २०७९ बुधबार १३:३५, काठमाडौँ

भारतमा टाटा टियागो ईभी लञ्च भएको छ। भारतमा बुधबार साढे ८ लाख भारुमा लञ्च भएको हो। 

टाटा मोटर्सले चौथो मोडलको रुपमा टाटा टियागो लञ्च गरेको छ। यसअघि भारतमा नेक्सन ईभी, नेक्सन ईभी म्याक्स र टिगोर ईभी सार्वजनिक भएको थियो। 

टियागो ईभी भारतमा ३ वटा ब्याट्री प्याकमा लञ्च भएको छ। १९.२ किलोवाट ब्याट्री भएको गाडी २ भेरियन्टमा उपलब्ध रहेको छ। एसई भेरियन्टको मूल्य ८ लाख ४९ हजार र एक्सटी भेरियन्टको ९ लाख ९ हजार रुपैयाँ तोकिएको छ। 

त्यस्तै २४ किलोवाट आवर रहेको ब्याट्रीमा गाडी उपलब्ध रहेको छ। जसको एक्स टी भेरियन्टको मूल्य ९ लाख ९९ हजार र एक्सजेटप्लसको मूल्य १० लाख ७९ हजार भारतीय रुपैयाँ रहेको छ। एक्सजेट टेक लक्जरीको मूल्य ११ लाख २९ हजार भारतीय रुपैयाँ रहेको छ। १९ किलोवाट आवर ब्याट्री रहेको कम्पनीले २५० किमीसम्म कुद्न सक्छ। 

त्यसैगरी ७.२ किलोवाट एसी चार्जर रहेको २४ किलोवाटआवरको ब्याट्री   गाडी २ वटा भेरियन्टमा उपलब्ध रहेको छ। एक्सजेट प्लस भेरियन्टको मूल्य ११ लाख २९ हजार रुपैयाँ रहेको छ भने एक्सजेट प्लस टेक लक्जरीको मूल्य ११ लाख ७९ हजार रुपैयाँ रहेको छ। २४ किलोवाट आवर रहेको ब्याट्रीमा ३१५ किलोमिटरसम्म कुद्न सक्छ। 

७.२ किलोवाटको एसी चार्जरबाट ३ घण्टा ३६ मिनेटमा फुलचार्ज हुन्छ। डिसि फास्ट चार्जरले १० प्रतिशतबाट ८० प्रतिशतसम्म ५७ रहेको छ। 

टाटा मोटर्सका प्यासेन्जर भेहिकलमा प्रबन्ध निर्देशक शैलेस चन्द्रले टाटाले भारतमा ईभी गाडीमा नेतृत्व गर्न थालेको बताए। भारतमा २०२० जनवरीमा पहिलो नेक्सन ईभी लञ्च गरेको बताउँदै चन्द्रले अप्रिलदेखि जुनमा ९ हजार २८३ गाडी विक्री गरेको बताए। 

उनले टाटा मोटर्सले नयाँ विद्युतीय गाडी ल्याएको बताए। जिपट्रोन प्रविधिमा आधारित टियागो सार्वजनिक भएको छ। टियागोको डेलिभरी २०२३ को जनवरीबाट शुरु हुने जानकारी दिएको छ।

टियागो ईभीले ५.७ सेकेन्डमा ६० किलोमिटर गुड्नसक्छ। ब्याट्रीमा ८ वर्ष  वा १ लाख ६० हजार किलोमिटर  वारेन्टी रहेको छ। गाडीमा ४५ बढी फिचर्स रहेको छ। 

टाटा मोटर्सले भारतमा ४० हजार बढी विद्युतीय प्यासेन्जर भेहिकल विक्री गरिसकेको छ। टाटाले भारतमा ३ हजार बढी चार्जिङ स्टेसन स्थापना गरेको छ। ९७ प्रतिशतले घरमै चार्जिङ गर्दै आएको टाटा मोटर्सले जनाएको छ। 

यो गाडी नेपालमा पनि चाँडै ल्याउने पीभीका अन्तर्राष्ट्रिय व्यवसाय हेर्ने प्रमुख मायांक बाल्दीले केही दिनअघि नेपाल आएका बेला बताएका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .