मोबिलिटी एन्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु गरेको छ।
अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रियापछि यस पटक अभियानलाई अझ बढी परिष्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे सुरु गरेको हो।
इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, स्टाइलिस ईभी याडिया भेलाक्स स्कूटर, सामसङ स्मार्टफोन, र स्टेकेसन प्याकेज रहेका छन्।
यस्तो छ क्याम्पेन
फेब्रुअरी २३, २०२६ अर्थात् २०८२ फागुन ११ गतेदेखि मार्च १, २०२६ अर्थात फागुन १७ गतेसम्म, चालकहरूले प्लेटिनम स्ट्याटस प्राप्त गर्न र गिभअवे अभियानमा प्रवेश गर्नका लागि योग्य हुन न्यूनतम ४५ ओटा सवारी पूरा गर्नुपर्नेछ।
२ मार्च, २०२६ अर्थात फागुन १८ गतेदेखि, इनड्राइभ चालकहरूले साप्ताहिक चुनौतीहरूको श्रृंखलामा भाग लिने मौका पाउनेछन्, र प्रत्येकले विशेष पुरस्कारहरू जित्ने अवसर प्राप्त गर्नेछन्।
२ मार्च अर्थात फागुन १८ गतेदेखि २९ मार्च अर्थात चैत्र १५ गतेसम्मको चुनौतीको प्रत्येक हप्तामा प्लेटिनम स्थिति प्राप्त गर्ने चालकहरू साप्ताहिक पुरस्कारहरूको साथसाथै ग्रान्ड प्राइजको लागि पनि योग्य हुनेछन्, जसमा क्याब चालकहरूको लागि टाटा एक्सप्रेस–टी ईभी र बाइक राइडरहरूको लागि याडिया भेलाक्स ईभी स्कूटर समावेश छ।
क्याम्पेन तीन चुनौतीयुक्त हप्तासहित तयार पारिएको छ, र प्रत्येक हप्ता विजेताहरूको घोषणा तथा २ अप्रिल, २०२६ अर्थात २०८२ चैत १९ गते एक भव्य कार्यक्रमका साथ ग्राण्ड विजेता सार्वजनिक गरिनेछ।
पुरस्कारहरू
● टाटा एक्सप्रेस–टी ईभी (क्याब श्रेणी ग्रान्ड प्राइज)–१ जनालाई
● याडिया भेलाक्स ईभी स्कूटर (बाइक श्रेणी ग्रान्ड प्राइज)– २ जनालाई
● सामसङका स्मार्टफोनहरूः १६ जनालाई
● स्टेकेसन प्याकेजः ४
साप्ताहिक पुरस्कार घोषणा (१६ वटा सामसङ स्मार्टफोन र ४ स्टेकेसन प्याकेजहरू)
क्याम्पेनमा सहभागी हुने योग्यता
ग्रान्ड प्राइजको लागि योग्य हुन, चालकहरूले अभियानको चारै हप्ताको लागि प्लेटिनम स्ट्याटस कायम राख्नुपर्छ। कुनै पनि चुनौती हप्तामा प्लेटिनम स्ट्याटस प्राप्त गर्ने चालकहरूबाट साप्ताहिक पुरस्कार विजेताहरू छनोट गरिनेछ।
चालकहरूलाई सशक्त बनाउँदै
अभियानले आफ्नो डाइभर कम्युनिटीलाई मान्यता, पुरस्कार र विकासका अवसरहरू प्रदान गर्ने इनड्राइभको मिशनलाई जारी राखेको छ। यो उपहार चालक सन्तुष्टि र दीर्घकालीन संलग्नता बढाउने फराकिलो पहलको हिस्सा हो।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले कम्पनीका ड्राइभर पार्टनर्सहरू नै नेपालमा इनड्राइभको सफलताको साँचो आधारस्तम्भ भएको बताइन्।
‘उहाँहरूको अटल समर्पण, उच्च व्यावसायिकता र सेवाप्रतिको इमानदार प्रतिबद्धताले ‘सबैका लागि निष्पक्ष, पारदर्शी र पहुँचयोग्य गतिशीलता’ भन्ने हाम्रो मूल उद्देश्यलाई व्यवहारमा उतार्न महत्वपूर्ण भूमिका खेलेको छ। प्रत्येक यात्रा केवल एक स्थानबाट अर्को स्थानसम्मको दूरी पार गर्नु मात्र होइन, त्यो यात्राले विश्वास, सुरक्षा, आपसी सम्मान र इनड्राइभले अँगालेका मूल्यहरूको प्रतिनिधित्व गर्दछ’, उनले भनिन्, ‘यो अभियान हाम्रा ड्राइभर–पार्टनर्सप्रति व्यक्त गरिएको हाम्रो हार्दिक आभार र सम्मानको प्रतीक हो। हामी उहाँहरूको निरन्तर मिहिनेत, धैर्यता र जिम्मेवारीबोधप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौँ।’
नेपालभरि हजारौं यात्रुहरूलाई सुरक्षित र भरपर्दो सेवा प्रदान गर्दै शहरलाई चलायमान राख्ने वास्तविक नायकहरू हाम्रा चालक साझेदारहरू नै हुनुहुन्छ।”
Shares

प्रतिक्रिया