सेयरबजारमा आज पनि गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से २४.८३ अंकले र सेन्सिटिभ सूचक ३.७५ अंकले घटेको हो।
आज दुई सय २१ कम्पनीको ६४ लाख कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४३ हजार पटकको खरिदबिक्रीमा २ अर्ब ७३ करोड ४८ लाखको कारोबार भएको हो।
योसँगै मंगलबार कुल बजार पुँजीकरण २९ खर्ब १४ अर्ब र तरलता ११ खर्ब ९४ अर्ब पुगेको छ। आज बजार खुलेयता निरन्तर सूचक ओरालो लागेको थियो।
मंगलबार सबै उपसूचक राताम्य हुँदा अपर हेवाखोलाका लगानीकर्ताले मात्रै १० प्रतिशत आम्दानी गरेका छन्। अन्य लगानीकर्ताले ५ प्रतिशत पनि कमाउन सकेनन्। गुमाउने लगानीकर्ताले ५.६२ प्रतिशतसम्म गुमाउँदा आज रिडी पावर कम्पनीको सर्वाधिक ४० करोडको सेयर खरिदबिक्री भएको छ।
21
Shares
प्रतिक्रिया