ad ad

कारोबार


३२ अंकले बढ्यो सेयरबजार, २ अर्बको कारोबारमा कसले कमाए धेरै?

३२ अंकले बढ्यो सेयरबजार, २ अर्बको कारोबारमा कसले कमाए धेरै?

नेपालखबर
मंसिर ११, २०७९ आइतबार १५:३२, काठमाडौँ

साताको पहिलो कारोबार दिन सेयरबजारले बढ्ने संकेत गरेको छ। 

आज बजार परिसूचक नेप्से ३२.४३ अंकले बढेर १९६५.९८ विन्दुमा पुगेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक बढेको दिन १६९ कम्पनीको सेयर बढेको, २० वटाको मात्र घटेको र २ वटाको उही मूल्यमा कारोबार भएको छ। 

आज २३३ कम्पनीको ४२ लाख २३ हजार कित्ता सेयर बिक्री भएको हो। यो भनेको २ अर्ब २ करोडको कारोबार हो। योसँगै बजार पुँजीकरण २८ खर्ब २७ अर्ब पुगेको छ भने बजारमा १२ खर्ब ७ अर्बको तरलता रहेको छ। 

कसले कति कमाए? 
आजको कारोबारमा सबैभन्दा बढी डिप्रोस्क लघुवित्तका सेयरधनीले कमाएका छन्। उनीहरुले ८.२१ प्रतिशत अर्थात् प्रतिकित्ता ७३.९० रुपैयाँ आम्दानी गरेका हुन्। 

त्यस्तै जीवन विकास लघुवित्तका सेयरधनीले पनि ७.४३ प्रतिशत अर्थात् १९५ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यता कुमारी बैंकका सेयरधनीले ६.७७ प्रतिशत अर्थात् १२.६० रुपैयाँ प्रतिकित्ता कमाउँदा ग्रिनलाइफ हाइड्रोपावरका लगानीकर्ताले ६.५७ प्रतिशत अर्थात् १५.५० रुपैयाँ प्रतिकित्ता कमाइ गरेका छन्। 

त्यस्तै नेष्डो सम्वृद्ध लघुवित्तका सेयरधनीले ६.५४ प्रतिशत अर्थात् प्रतिकित्ता २१९.१० रुपैयाँ कमाएका छन्। 

आइतबारको कारोबारमा लगानीकर्ताहरुले ३.११ प्रतिशतसम्म गुमाउँदा हिमालयन डिस्टिलरीको सर्वाधिक ४५ करोड रुपैयाँको सेयर कारोबार भएको छ। दोस्रो स्थानमा रहेको नबिल बैंकको पनि १२ करोड ३ लाखको सेयर कारोबार भएको छ। 

यता नेपाल टेलिकम, शिवम् सिमेन्ट र नेष्डो लघुवित्तको क्रमशः ९ करोड ७९ लाख, ८ करोड १८ लाख र ६ करोड ६ लाखको कारोबार भएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .