अभिनेत्री निता ढुंगानाले चलचित्र ‘ह्रस्वदीर्घ’ निर्देशनबाट हात झिकेकी छिन्। नीताले निर्देशन नगर्ने भएपछि यो चलचित्र निर्देशकका रुपमा चन्द्र पन्त अनुबन्धित भएका छन्।
चलचित्र निर्माणको समयमा यो चलचित्र नीताले नै निर्देशन गर्ने भनेर निकै चर्चा गरिएको थियो।
युवापुस्ताको प्रेम कथालाई केन्द्रमा राखेर निर्माण गर्न लागिएको यो चलचित्रमा नीता र हरिहर अधिकारी शीर्ष भूमिकामा देखिने छन्। केहि समयदेखि प्रेममा रहेका नीता र हरिहर रियलमा पनि जोडी बाँध्ने तयारीमा छन्।
नीताले नै लगानी गर्न लागेको यो चलचित्रमा अभिनय गर्ने अन्य कलाकार भने सार्वजनिक गरिएको छैन।
चितवन र देवघाटसहित भारतको बनारस र लखनउका विभिन्न स्थानमा छायांकन गर्ने यो चलचित्र आगामी साउनबाट छायांकन सुरु हुनेछ। चलचित्रमा चार करोड लगानी हुने नीताले बताइन्।
Shares

प्रतिक्रिया