जोसेफ शाही र अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘रुप्स्या काली’ सार्वजनिक भएको छ।
गायक शाहीको आफ्नै युट्युव च्यानलबाट गीतको भिडिओ सार्वजनिक गरिएको हो।
लोक फ्युजन शैलीको गीतमा जोसेफ र चर्चित गायिका अस्मिता अधिकारीको युगल गायन रहेको छ। सुदूर र मध्यपश्चिका जिल्लामा प्रयोग हुने ठेट भाषा गीतका शब्दमा प्रयोग गरिएको छ।
आफैले सिर्जना गरेका शब्दमा गायक जोसेफले नै संगीत भरेका हुन्। उदयराज पौडेलको संगीत संयोजन रहेको गीतमा श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन रहेको छ।
गीतको भिडिओमा अहिलेका चर्चित मोडलहरू सरोज राना प्रजा, बिना राउत, चक्र बम र करिस्मा ढकालको नृत्यसहितको अभिनय हेर्न सकिन्छ।
वसन्त कुँवरको छायाँकन, बलभद्र कुँवरको सम्पादन र श्याम कुँवरको रङ्ग सम्पादन रहेको गीतको भिडिओ मकवानपुर जिल्लाको गोपाली गाउँ र आसपासका क्षेत्रमा छायाँकन गरिएको हो।
शहरबाट गाउँ छिरेका दुई युवाले बाटोमा भेटिएकी युवतीलाई जिस्क्याउँदै एकोहोरो पछ्याएको कथावस्तु रहेको गीतको भिडिओ निर्देशन गौरव गिरीले गरेका हुन्।
यसअघि जोसेफले गाएको देउडा शैलीको गीत ‘पियारी’ निक्कै रुचाइएको थियो।
Shares

प्रतिक्रिया