बुद्धि तामाङ र अञ्जली अधिकारीको जोडी रहेको चलचित्र ‘मैले आई लभ यु भन्नै सकिनँ’ शुक्रबार (चैत २५) गतेदेखि प्रदर्शन हुने भएको छ।
सोमबार विकास बोर्डको सभा हलमा एक समारोह आयोजना गरी फिल्म निर्माण समूहले प्रदर्शन मिति र ट्रेलर सार्वजनिक गरेको हो।
ट्रेलरमा भरपूर एक्सन सिन छ।
राजेश पायल राई र मेलिना राईले गाएको ‘मुस्ताङको बजार’ बोलको गीतमा बुद्धि तामाङ, अञ्जली अधिकारी, सुजन नेपाल, सुरवीर पण्डित, राजाराम पौडेल, सुनिल भुसाल, जयनन्द लामा, सुरज कार्की, सुभाष नेपालीलगायत कलाकारले नृत्य गरेका छन्।
शंकर कार्की र बाबु जिम्बाले निर्देशक तथा प्रेम श्रेष्ठ निर्माता रहेको फिल्म एक्सन र कमेडीले भरिएको छ।
फिल्ममा बुद्धि तामाङसँगै राजाराम पौडेल, अञ्जली अधिकारी, जयनन्द लामालगायत कलाकार प्रमुख भूमिकामा छन्।
90
Shares

प्रतिक्रिया