कला


जब ऋतिक रोशन प्रेमिकाको हात समाउँदै विमानस्थलमा देखिए....

जब ऋतिक रोशन प्रेमिकाको हात समाउँदै विमानस्थलमा देखिए....

ऋतिक रोशन, सबा आजाद। फोटो : इन्स्टाग्राम


नेपालखबर
चैत २२, २०७८ मंगलबार २१:३२, काठमाडौँ

सुजैन खानसँग सम्बन्धविच्छेद गरेपछि ऋतिक रोशनले जीवनको यात्रा अघि बढाएका छन्। यसपटक कलाकारको मुटु संगीतकारका लागि धड्किरहेको छ।

ऋतिक रोशन आफ्नी प्रेमिका सबा आजादसँग प्रायः सार्वजनिक स्थानमा देखिएका छन्। ऋतिक रोशनले सबा आजादसँग डेट गरिरहेका छन् भन्ने खबर पनि धेरैपटक आएको छ।

ऋतिक रोशन, सबा आजाद।  फोटो : सोसल मिडिया

मंगलबार उनी साबासँग विमानस्थलमा देखापरे। ऋतिकले सबाको हात जोडले समातेका थिए। ​

ऋतिक रोशन र सबा एयरपोर्टबाट निस्किनेबित्तिकै आफ्नो कारमा गए। ऋतिक र सबा यसअघि पनि धेरैपटक सँगै देखिएका छन्।

ऋतिक रोशन, सबा आजाद। फोटो : सोसल मिडिया

सामाजिक सञ्जालमा पनि यी दुईका गतिविधिले मानिसको ध्यान तानिरहेको छ। केही दिनअघि साबा ऋतिकको परिवारसँग पनि लन्च गरेको देखिएकी थिइन्।

ऋतिक रोशनको परिवारसँग सबा आजाद। फोटो : इन्स्टाग्राम

यस्ता तस्बिर सार्वजनिक भएपछि प्रयोगकर्ताहरुले ऋतिक रोशनलाई ट्रोल गर्न थालेका छन्।

सबा आजादलाई देखेर एक प्रयोगकर्ताले लेखे, ‘सानी बच्ची हो क्या हो!’

अर्काले लेखेका छन्, ‘बच्चीलाई लिएर घुमिरहेको छ।’

अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘बच्चीजस्तो लागिरहेको छ।’

एक प्रयोगकर्ताले अलि कडै लेखे, ‘मलाई त छोरीजस्तै लाग्यो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad