कला


पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

पल शाहलाई अदालतमा भेटेपछि सबै चौपट भयो भन्दै रोए दुर्गेश थापा

फाइल तस्बिर


नेपालखबर
बैशाख ७, २०७९ बुधबार १३:१८, काठमाडौँ

नाबालिग गायिका बलात्कार प्रकरणमा साक्षी बनेका विवादित गायक दुर्गेश थापाले सोमबार जिल्ला अदालत तनहुँ पुगेर बकपत्र गराएका छन्। 

यो प्रकरण सार्वजनिक हुनुअघिसम्म दुर्गेश र बलात्कार अभियोग लागेका अभिनेता पल शाहबीच घनिष्ठ मित्रता थियो।

तर नाबालिग गायिका र पलबीचको सम्बन्धलाई अदालतसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका उनै दुर्गेश थापाले मंगलबार तनहुँ अदालतमा बकपत्र दिँदै यो घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्।

यसअघि नाबालिग गायिकालाई न्याय दिलाउन आफूले भूमिका खेलेको बताउँदै आएका उनै दुर्गेशले तनहुँ अदालत बकपत्र दिँदै यस घटनाबारे कुनै जानकारी नै नभएको बताएका हुन्। 

यससँगै यो प्रकरणमा नाबालिग गायिका, उनका जाहेरवाला बाबुले पनि बयान फेरेर घटना नै नभएको बताइसकेका छन्। दुर्गेशले पनि उनीहरुलाई नै पछ्याउँदै बयान फेरेर होस्टाइल भएका हुन्। 

अदालत परिसरमा पल शाहलाई भेटेपछि रोएका दुर्गेशले आफ्नो सबै व्यापार चौपट भएको गुनासो गरेका थिए। 

तनहुँ अदालतमा पलसँग भेट भएपछि दुर्गेशले जीवनमा कहिल्यै भोग्नु नपरेको तनाव आइलागेको बताउँदै सबैथोक बिग्रिन पुगेको बताएका छन्। 

पलसँग भेटेपछि दुर्गेशले आफूले चाहेर यस्तो नगरेको बताउँदै रोएको अदालतमा उपस्थित प्रत्यक्षदर्शीले बताएका छन्। 'मेरो सबै चौपट भयो। व्यापार पनि बिग्रियो', उनले भनेका थिए, 'सोच्दै नसोचेको तनाव हामीलाई आइलाग्यो, मैले चाहेर यस्तो गरेको थिएन।'

दुर्गेशले अदालतमा बकपत्र दिने क्रममा पनि यो घटनाबारे आफूलाई कुनै थाहा नभएको बताएका थिए। 

यसैबीच पल र नाबालिगसहितलाई बकपत्रका लागि तनहुँबाट नवलपुर लगिएको छ। त्यहाँ पनि आजैदेखि पीडित, पीडक, जाहेरवाला र साक्षीसहितको बकपत्र सुरु हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad